सेनाले बनाउने नै भो फास्ट ट्र्याक

344

काठमाडौं÷ तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको व्यवस्थापकीय जिम्मा लिन नेपाली सेना तयार रहेको पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको थाहा भएको छ ।
सरकारले सेनाको राय माग गरी रक्षा मन्त्रालयमार्फत प्रस्ताव पठाएको थियो । पहिलो, भौतिक पूर्वाधार मन्त्रालय र सेनाको संलग्नतामा विशेष संयन्त्र निर्माण गर्ने र दोस्रो, त्यो संयन्त्रअन्तर्गत सेनाले फास्ट ट्र्याक निर्माणको व्यवस्थापन गर्ने दुई प्रस्ताव छन् । उक्त प्रस्तावबार सेनाले गत आइतबार मन्त्रालयलाई पठाएको पत्रमा नेपाली सेना आफ्नो सहमतिअनुसारको विशेष सयन्त्र गठन गरी निर्माणकार्य अघि बढाउन रहेको जनाएको छ ।
अब सेनालाई फास्ट ट्र्याकको व्यवस्थापकीय जिम्मेवारी दिइने निश्चित भएको छ । व्यवस्थापकीय जिम्मेवारी लिएपछि फास्ट ट्र्याकको काम पनि अब सेनाले नै सम्पन्न गर्नेछ । सेनाले व्यवस्थापन गर्ने भएपछि प्राविधिक छनोट गरी आफ्नै जनशक्ति परिचालन गरी सकेसम्म छिट्टै नै फास्ट ट्र्याक निर्माण गरी देशको विकासको मेरुदण्डको रूपमा रहेको सडक निर्माणमा सेनाको महत्वपूर्ण योगदान हुने भएको छ ।
यसअघि सेनालाई विभिन्न उद्योगहरू समेत सरकारले जिम्मा लगाइसकेको छ भने विद्युत उत्पादनमा पनि सेनाले पहल गरिरहेको छ । उत्तरतिरको छिमेकी देश चीनसँग नाका खोल्ने सडक विस्तारका लागि पनि नेपाली सेनाले जिम्मेवारी पाइसकेको छ । अब पछिल्लोपटक फास्टट्र्याक रोड निर्माणको जिम्मेवारी पनि नेपाली सेनाले लिने लगभग सुनिश्चित भइसकेको छ ।
यसले गर्दा नेपाली सेनाको देश विकासप्रतिको योगदान महत्वपूर्ण हुनजाने देखिएको छ । नेपाली सेनाले राजनीतिक घटनाक्रमहरूलाई पनि चासोका साथ हेरिरहेको प्रतिक्रिया पटकपटक सार्वजनिक गर्दै आएको छ । तराई क्षेत्रमा भइरहेका बिखण्डनकारी गतिविधिहरूलाई समेत नेपाली सेनाले चुनौतीका रूपमा उल्लेख गर्दै गम्भीरता देखाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here