फोनिज प्रदेश नम्बर ३ को अध्यक्षमा पेमा लामा निर्वाचित

361

काठमाडौं / नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजको प्रदेश नम्बर ३ को प्रथम महाधिवेशन नुवाकोट जिल्लामा सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्षमा पेमा लामा रहेको नयाँ कार्यसमिति सर्व सम्मतबाट चयन गरेको छ ।

चैत्र १ र २ गते नुवाकोटको विदुरमा सम्पन्न भएको महाधिवेशनले पेमा लामा अध्यक्ष रहेको पहिलो प्रदेश समिति प्रदेश नं. ३, नेवाताम्सालिङ कार्यसमिति सर्वसम्मत गठन गरेको छ । अध्यक्ष लामासगैं समितिको उपाध्यक्ष युवराज श्रेष्ठ, महिला उपाध्यक्ष अन्जु डिम्दोङ, महासचिव सुरज कुमार भुजेल, संगठन सचिव पूर्णिमा स्याङ्बा, संस्थागत सचिव श्याम राना मगर र कोषाध्यक्षमा पूर्णभक्त दुवाल निर्वाचित हुन सफल भएको छ ।

साथै खुल्ला सदस्यहरुमा रामशरण माझी विनोद श्रेष्ठ, बाबुकाजी श्रेष्ठका साथै महिला सदस्यहरुमा सम्झना श्रेष्ठ, लक्ष्मी शाक्य र कृन्जला पुलामी रहका छन् भने संस्थागत सदस्यहरुमा डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जिवन लिम्बु, नवीन राना मगर र राजेश बज्राचार्य निर्वाचित हुन सफल भएको छ । भने अल्पसंख्यक सदस्यमा पुष्पा राई हायु रहनु भएको छ ।

त्यस्तै महाधिवेशनले दिलबहादुर लामा संयोजक रहेको अनुशासन समिति पनि गठन गरेको छ जसमा सदस्यहरुमा राजकुमार शाक्य र रिदेन महर्जन निर्वाचित भएको छ । ऐतिहासिक रुपमा गठन भएको नवनिर्वाचित कार्यसमितिलाई फोनिज केन्द्रिय संगठन सचिव मिलन लिम्बुले शपथ तथा गोपनियता ग्रहण गराउनु भएको थियो । कार्यक्रमको उद्घाटन पुर्व युवा तथा खेलकुदमन्त्री साथै प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङले गर्नु भएको थियो भने कार्यक्रममा फोनिजका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गर्जुधन राई, महासचिव मनोज घर्ती मगर, संगठन सचिव मिलन लिम्वु, कोषाध्यक्ष अमरध्वज लामा लगायतले संवोधन गर्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिताको मुल्यमान्यतामा रहेर, आवाज विहिनहरुको आवाज र पहिचानको प्राप्ति र संविधानको कार्यान्वयनका लागि कलम चलाउन आग्रह गरेका थिए ।

नवनिर्वाचित कार्यसमिति तथा महाधिवेशनमा सहभागी प्रतिनिधि पर्यवेक्षक तथा अतिथिहरुलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले स्वागत, चियापान तथा बधाई कार्यक्रमको समेत आयोजना गरेको थियो । साथै नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज जिल्ला शाखा नुवाकोटले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको थियो । महाधिवेशन समिर बलामीको संयोजकत्वमा सम्पन्न भएको थियो । महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले आफ्नो पहिलो पुर्ण वैठक समेत बसि विभिन्न निर्णयहरु समेत पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here