पत्रकार महासंघ बाँकेका अध्यक्ष थारु विरुद्ध भ्रष्टाचार मुद्धा

1666

नेपालगन्ज  / नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारीहरुले किर्ते हस्ताक्षर गरेर अनियमिता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य भएको कार्यक्रममा किर्ते हस्ताक्षर गरी अर्काको नामको पैसा महासंघका पदाधिकारीहरुले बुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी परेपछि किर्ते प्रकरण सार्वजनिक भएको छ ।

कान्तिपुर दैनिकका बाँके संवाददाता समेत रहेका महासंघ अध्यक्ष ठाकुरसिंह थारुले नै पत्रकारकै किर्ते हस्ताक्षर गरेर रकम कुम्ल्याएको आरोपसहितको उजुरी अख्यिारमा परेपछि चौतारीले उनलाई महासंघबाट फिर्ता बोलाउनेगरी आन्तरिक परामर्श सुरु गरेको जनाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले मिडियाका लागि छुट्ट्याएको १० लाख रकम मध्येबाट महासंघले प्राप्त गरेको रकममा चरम अनियमितता देखिएको भन्दै छानविन गर्न माग गरिएको छ । गत आर्थिक बर्ष ७४÷७५ मा बिनियोजित सो बजेटबाट पत्रकार महासंघले गत जेठ ३० गते नेपालगन्जमा आयोजना गरेको ‘मिडिया दीगो विकास र यसका चुनौति बिषयक’ अन्तरक्रियामा सहभागी नभएकै पत्रकारको पनि किर्ते हस्ताक्षर गरेर महासंघका पदाधिकारीहरुले रकम कुम्लाएका छन् । पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु, उपाध्यक्ष प्रदिप वाक्ले, सचिव तिलक गाउँलेलगायतको मिलेमत्तोमा किर्ते हस्ताक्षर भएको महासंघ कार्यसमितिकै केही पदाधिकारीहरुले जनाएका छन् ।

कान्तिपुर दैनिकका बाँके संवाददाता समेत रहेका महासंघ अध्यक्ष ठाकुरसिंह थारुले नै पत्रकारकै किर्ते हस्ताक्षर गरेर रकम कुम्ल्याएपछि चौतारीले उनलाई महासंघबाट फिर्ता बोलाउनेगरी आन्तरिक परामर्श सुरु गरेको जनाएको छ । थारु प्रेस चौतारी नेपालबाट महासंघ अध्यक्षमा निर्वाचित भएका थिए । ५० जना पत्रकारले रु ५र५ सय भत्ता बुझेको किर्ते हस्ताक्षरसहितको प्रतिवेदन बुझाएर थारुले उपमहानगरपालिकाबाट विल फस्र्यौट गराएका थिए । त्यसमा पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, महासंघका उपाध्यक्ष विपुल पोखे्रलको समेत किर्ते हस्ताक्षर गरिएको छ । झा र पोख्रेलले कार्यक्रम सहजिकरण गरेवाफत ५र५ हजार रुपैयाँ बुझेको हस्ताक्षर गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको नामै किटाएर उजुरी परेको छ अख्तियार स्रोतले भन्यो–‘छानविन गरेर दोषीमाथि कारवाही हुन्छ ।’ अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले नगरपालिकाका कागजात छानविनपछि महासंघका सम्वन्धित पदाधिकारीमाथि छानविन गरिने जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here