सीके राउत नेतृत्वको पार्टीको नाम परिवर्तन

399

सिराहा / स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ ।

लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here