कजाखस्तानको राजधानीको नाम ‘अस्ताना’

83

एजेन्सी / शनिबार कजाखस्तानले राजधानीको नाम ‘अस्ताना’ लाई परिर्वतन गरेका छन् । एक घोषणामार्फत यसको नाम ‘नुर–सुल्तान’ गराखिएको थियो । जसको नाम कजाखस्तानमा तीन दशक शासन गरेका नेता नुर–सुल्तान नजरवाएभको सम्मानमा दिइएको सरकारले जनाए । सोभियत संघ विघटन भएपछि स्वतन्त्र भएको कजाखस्थानमा पहिलो राष्ट्रपति भएका नजरवाएभले तीस वर्ष जति पछि अघिल्लो हप्तामात्रै राजीनामा दिएका थिए । शनिबार राजधानीको नाम बदल्ने निर्णयलाई नवनियुक्ति अन्तरिम राष्ट्रपति कस्सीम–जोमर्त तोकाएभले स्वीकृत गरेका हुन् ।

तोकायभले बुधबार राष्ट्रपतिको पदभार सम्हालेपछि नै राजधानीको नाम परिवर्तनको प्रस्ताव गरेका थिए । पूर्व–राष्ट्रपति नुरसुल्तान नजरवाएभले मंगलबार राजीनामा दिएका थिए । नाम परिवर्तन प्रस्तावको विरोधमा अल्माटी र अन्य सहरहरुमा सानो विरोध भएको थियो । सन् १९९७ मा अल्माटीमा रहेको कजाखस्थानको राजधानी अल्माटी सारिएको थियो । त्यसअघि एक सामान्य प्रादेशिक सहरमात्र थियो, अल्माटी । हाल यो सहर एक अत्याधुनिक सहरमा विकासित हुँदैंछ । कजाख भाषामा ‘अस्ताना’ को शाब्दिक अर्थ राजधानी हुन्छ । पहिले देखिनै यस सहरको नाम यसलाई हालको अत्याधुनिक दिशा प्रदान गर्ने नजरवाएभको नाम दिइन अनुमान गरिएको थियो । ३० वर्षसम्म कजाखस्तानमा शासन गरेका नजरवाएभले अघिल्लो मंगलबार अचानक राजीनामा दिँदा धेरै आश्चर्यमा परेको थिए । विज्ञहरुले समेत नुर–सुल्तान अन्य केन्द्रीय एशियाका देशका शासक जस्तै जीवनभरी शासनमा रहने अनुमान गरेका थिए । तथापि राजीनामा पछि पनि ७८ वर्षे नुर–सुल्तान सत्तारुढ ‘नुर ओटन’ पार्टी प्रमुख रहनुका अतिरिक्त सुरक्षा परिषदको अध्यक्ष रहनेछन् । यसले गर्दा कजाख राजनीतिमा नजरवाएभको प्रभाव अन्त्य नभइसकेको मान्नेहरु धेरै छन् । नुरसुल्तानको तीन दशक लामो शासनमा कजाखस्थान उर्जा पावरहाउसको रुपमा बदलिएको थियो । तर उनले आफ्नो शासनकालमा विपक्षीहरुप्रति कडा नीति लिएका थिए । यसका कारण उनी पश्चिमी राष्ट्रहरुमा अलोकप्रिय भए ।

नजरवाएभको राजीनामापछि पनि कजाखस्थानमा राजनीतिक प्रतिस्पर्धा, नागरिक समाज र स्वतन्त्र सञ्चारको अवस्थामा खासै परिवर्तन नहुने मानव अधिकारवादी समुहहरुले बताएका छन् । अन्तरिम राष्ट्रपति चुनिएका तोकाएभले अर्को चुनाव नभएसम्म नुर–सुल्तानको बाँकी कार्यकाल राष्ट्रपति रहनेछन् । तोकाएभ एक व्यवसायिक कुटनीतिज्ञ हुन् । उनी विगतमा सिनेट सभामुख समेत रहिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here