मोदी विरुद्ध किसान निर्वाचनमा उठ्ने

99

भारतमा हुन लागेको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध १ सय ११ किसानले चुनाव लड्ने फैसला गरेका छन्।

दिल्लीमा केहि समययता आफ्नो मागलाई लिएर अलग–अलग ढंगबाट सरकारको विरोध गर्दै आएका तामिलनाडुका किसानले प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लोकसभा निर्वाचनमा उठ्ने जनाएका हुन्।

प्रधानमन्त्री मोदलिे सन् २०१४ मा वाराणसी र वंडोदरा दुवै स्थानबाट चुनाव जितेका थिए। यसपटक मोदी बनारसदेखि चुनाव लड्दैछन्।

किसानका नेता पी. अय्याकन्नुले बीबीसी हिन्दीसँग भने,‘हामी बनारसका मानिसलाई देखाउन चाहान्छौं कि किसान कुन हालतमा जीवत विताइ रहेका छन्।’

यद्यपी उनले यो पनि भनेका छन्,‘यदी भारतीय जनता पार्टीले आफ्नो घोषणापत्रमा आफ्नो मुद्धा सामिल गर्ने आश्वासन दिए आफ्नो फैसलालाई बदल्नेछौं।’

तामिलनाडुबाट बनारस गएर चुनाव लड्ने फैसलागर्ने १ सय ११ किसानका नेता पी। अय्याकन्नुले भने,‘म नेसनल साउथ इन्डियन रिवर इन्टर लिंकिङ असोसिएसनका प्रदेश अध्यक्ष हुँ। हामी चार सय किसानले दिल्ली गएर १ सय ४० दिन उत्पादनमा नाफा हुने मूल्य हुनुपर्छ भन्ने माग गर्यौ।’

उनले भने,‘हामीले ऋण मिनाहा, र उत्पादनको राम्रो मूल्यको बारेमा प्रधानमन्त्रीसँग आह्वान गर्यौं।’ उनले कुनै पनि सर्त सरकारले नमानेको जनाए ।

देशभरका किसानका ७५ हजार करोड रुपैयाँ ऋण भएको उनले बताए। सरकारले कर्पोरेट सेकटरको चार लाख करोड रुपैयाँमात्र माफ गरेको उनको भनाइ छ।

यसले किसानलाई कुनै फाइदा नपुगेको उनले बताए। सरकारले आफ्नो कुरा नसुने चुनावमा उठ्ने र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पराजित गर्ने किसानहरुको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here