नेपाल टेलिकमले रु १०० मा ३ जीबी डाटा प्याक दिने

182

काठमाडौं / संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक आकर्षक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्थि जारी गर्दै जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको हो ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि *1415*3#  मा डायल गर्नुपर्ने छ भने 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने प्रवक्ता बैद्यले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here