विपल्व नेकपालाई बल पुग्ने समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने सरकारको चेतावनी

298

काठमाडौं / संगठित हिंसा रोक्नका लागि सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेकपाका गतिविधिलाई बल पुग्ने खालका समाचार सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जनाएका छन्  ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १८ औँ स्थापना दिवसका अवसरमा हिजो काठमाडौंमा आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले त्यस्तो जनाएका हुन्  ।

विप्लव नेकपालाई बल पुग्ने सञ्चारमाध्यमहरुको सरकारले निगरानी बढाएको भन्दै त्यसप्रति सजग नभएमा कारबाही गरिने भन्दै उनले चेतावनी दिए ।

उनले भने– ‘हिंसा गर्नका लागि कसैले साथसहयोग नगरौँ, हिंसाको त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गर्नुपर्छ, सरकारले सांगठित हिंसा गर्न प्रतिबन्धित गरेको सामूहलाई बल पुग्नेगरी समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्दा प्रेस स्वतन्त्रता हनन भएको मान्ने कि नमान्ने ? यो पत्रकारहरुले पनि बुझ्ने विषय हो ।’

उनले हिसांलाई प्रोत्साउन गर्ने समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दै त्यसमा अटेर गरेमा सरकार कारबाहीमा उत्रिन बाध्य हुने तर्क गरेका छन ।

उनले त्यो विषय प्रेस स्वतन्त्रतासँग नभै राज्यमा हिंसा निम्त्याउने विषयसँग सम्बन्धीत भएकोमा जोड दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here