त्रिविसँग ३ बुँदे असन्तुष्टि राख्दै नेपाल विद्यार्थी संघ निकट स्ववियु परिषद्ले बुझायो ज्ञापन पत्र

49

काठमाडौं /  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ निकट स्ववियु परिषदले विभिन्न तीन बुदेँ माग राखेर आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाएको छ।

नेपाल विद्यार्थी संघको पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय पुगेको नेपाल विद्यार्थी संघको टोलीले देशको सबैभन्दा ठूलो र पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको स्थापना दिवसलाई ख्याल नगरेर निकालिएको परिक्षा तालिका तत्काल सच्याउनुपर्ने, स्नातकोत्तरमा सेमेस्टर प्रणाली लागेपछि वार्षिक प्रणालीमा परिक्षा दिएर ब्याक लागेका विद्यार्थीको परिक्षा सुनिश्चितता हुनुपर्ने, राजनीतिक र अवैध रुपमा गरिएका कर्मचारी भर्ना खारेज गर्न माग गरेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिब अनुराग शाहले जानकारी दिए।

ज्ञापन पत्र बुझाउन नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, नेपाल विद्यार्थी त्रिभुवन विश्वविद्यालयका पुर्व सभापति शंकर पौडेल, नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा, स्ववियु परिषदका सभापति निराजन नेपाल, नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका सभापति सरोज तिमल्सिना, त्रिचन्द्र क्याम्पसका उपाध्यक्ष कृष्ण बसेल, तहाचाल क्याम्पसका नेता दिवाकर बोहोरा,शंकरदेव क्याम्पसका नेता दीपक ओझा, ग्रामीण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, आर आर क्याम्पसका सचीव अनुराग शाह, उदयपुर काठमाडौं सम्पर्क समितिका सचीव चिरञ्जीवी नेपाल र भोजपुर नेबि संघका नेता पेमा शेर्पाको सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here