गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव

430

धनुषा / मुख्यमन्त्री लालबाबु राउतले ‘गोरखापत्र’लाई समयसापेक्ष बनाउन सुझाव दिनुभएको छ । गोरखापत्र संस्थानले आजदेखि जनकपुरमा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुनेतर्फ सचेत गराउनुभयो ।

अनुभव र ऊर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्तिसम्बन्धि विज्ञानको पर्याय बन्न लागेकाप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पाठकका लागि समयमै समाचार पु¥याउने प्रतिस्पर्धी माध्यम बन्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रका पत्रिकासँग प्रतिस्पर्धा गर्न गोरखापत्रको वितरण प्रणालीलाई चुस्त दुरुस्त र छरितो बनाउन सुझाव दिँदै उहाँले अबको प्राविधिक युगमा प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, प्रशिक्षक शरदचन्द्र वस्ती, प्रधानसम्पादक श्रीओम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं २ अन्तर्गतका आठवटै जिल्लाका संवाददाताको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here