एकै रातमा १८ टन धुलो संकलन

93

काठमाडौं / काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले एकै रातमा १८ टन धुलो संकलन गरेको छ । बुधबार राति १३ स्थानमा धुलो सफा गरेको थियो ।

महानगरपालिका कार्य सञ्चालन शाखाले जनाए अनुसार सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको थियो ।

सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो । यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here