दिवंगत ढुंगानाप्रति वामदेवको भावपूर्ण श्रद्धाञ्जली

40

 

काठमाडौं।   नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुख ब्यक्त गर्नु भएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै गौतमले ढुंगानाका बिशेषताबारे चर्चा गर्नु भएको छ ।

सभामुखका रुपमा ढुंगानाको संयोजनकारी भूमिकाबारे गौतमले चर्चा गर्नु भएको छ । ढुंगानाले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानव अधिकार संरक्षण र विशेषतः शान्तिप्रक्रियामा पुर्‍याएको योगदान सम्झिरहने बिषयहरु रहेको गौतमले उल्लेख गर्नु भएको छ ।

गौतमले ढुंगानालाई समकालीन नेपालका एक विशिष्ट बौद्धिक ब्यक्तित्वका रुपमा सम्झना गर्नु पर्ने र उहाँबाट सिक्नु पर्ने धेरै बिशेषताहरु रहेको बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ । उहाँले आफूले एउटा असल मित्र गुमाएकोमा दुख प्रकट गर्नु भएको छ ।

गौतमले दिवंगत ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि ब्यक्त गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here