डिएसपीको युनिफर्म लगाएको फोटो देखाएर डिएसपी हुँ भन्दै धम्की दिने व्यक्ति पक्राउ

218

 काठमाडौं /  नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएको फोटो मोबाईलमा राखि डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई देखाई धाक धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धाक धम्की दिनुका साथै अभद्र व्यवहार गर्ने कार्यमा संलग्न काठमाडौं जोरपाटी बस्ने काभ्रे घर भएका ३८ वर्षीय नारायण भन्ने भोला गौतमलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्ध नयाँवस्तीमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here