सुर्खेतबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

173

काठमाडौ, सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाका दुई कार्यकर्ता सुर्खेतबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार उनीहरुलाई
विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाबाट पक्राउ गरेको हो । सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड्का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीले विप्लवका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here