यात्रुवाहक बसमा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला

257

काठमाडौं / काठमाडौंको नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको छ ।

गत शनिबार बिहान ७ बजे रौतहटबाट काठमाडौँ आएको ना ५ ख २२३३ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा रौतहटको राजदेवि नगरपालिका वडा नम्बर ७ घर भएका २३ वर्षीय मनोज यादव भन्ने रुबोध कुमार यादवको साथबाट सो रकम फेला परेको हो ।

यादवले भोटो बनाएर वरिपरी खल्तीहरु बनाएर आफ्नो शरीरमा लगाई त्यसको खल्तीमा १ हजारको दरका २ हजार थान नगद लुकाएर ल्याएका थिए । उक्त रकमको स्रोत नखुलेको कारण यादवलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here