कार चोर्नेलाई अनौठो सजायँ

365

अपराधीलाई  पनि कस्तो अच्चमको सजायँ, सुन्दा खेरि नै अनौठो छ, संयुक्त राष्ट्र अमेरिकामा कार चोरी गर्ने अपराधीलाई अदालतले, जेल सजायँ वा नगद जरिवाना  गर्न सट्टामा । एकजना कार चोरीका अभियुक्तलाई अदालतले चार वर्षसम्म पेप्सी पिउन नपाउने फैसला निर्णय सुनाएको छ । अमेरिकाको हवाईस्थित अदालतले २१ वर्षका अपराधी विरुद्ध यस्तो निर्णय गरेको थियो । समाचार अनुसार क्रिस्टोफर मोन्टीलियानो नामका ती अपराधीका अनुसार उनको मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म नपिउने आदेश गर्ने न्यायाधीशको नाम रोन्डा लू हो ।

गत जुन महिनामा माउल क्षेत्रमा चोरीको कारसँगै पक्राउ परेका थिए क्रिस्टोफर । तर उनले उक्त कार आफ्नो भतिजको भएको र आफु कार चलाएर आफुलाई मनपर्ने पेय पदार्थ पेप्सी किन्न जान लागेको भनी अधिकारीहरु तथा अदालतमा पनि झुटो बयान दिएको रहेछ ।  तर उनले ढाँटेको प्रमाणित भएसँगै न्यायाधीशले अभियुक्तले आफ्नो मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म पिउन नपाउने फैसला गरेकी हुन् ।

यसअघि पनि यस्तै खालको मुद्दामा सात वर्ष जेल सजायँ भुक्तान गरेका थिए । उसमा पेप्सीको अत्यधिक लत रहेको समेत पाइएको छ । यस पटक उसले आफुले अब गल्ती नगर्ने भन्दै जेल नपठाउन अनुनय विनय गरेको थियो । सोही कारण न्यायाधीशले उसलाई चार वर्षसम्म पेप्सी पिउन नपाउने आदेश दिइन् ।त्यो सँगै क्रिस्टोफरले १ सयघण्टासम्म समुदायमा जनश्रमदान गर्नुपर्नेछ भने १ सय डलर जरिवाना पनि तिर्नुप्र्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here