‘हाँडीघोप्टे’ गाईजात्रे बजारमा (भिडियोसहित)

205

काठमाडौं – हास्यकलाकार केशवराज अर्यालले ‘हाँडीघोप्टे’ गाईजात्रे प्रस्तुति बजारमा ल्याएका छन्।

मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको बिसंगत विकृति, भ्रष्टाचारलाई व्यंग्यमार्फत चोटिलो र कसिलो प्रहार गरेका छन्।

उनले एल्बममा  गीत, क्यारिकेचर र विभिन्न वेषभूषामा भट्याउँदै, जनताको वेदना, आक्रोश र पीडालाई दबाउने ठूला भनाउँदा टाउकावाल र भुँडीवालहरुको उछितो काढेका छन्।

सरकारको कमजोरीपन, भ्रष्टाचार, सरकारी जग्गा काण्ड, बलात्कार, देश लुट्ने प्रवृत्ति, अस्पताल, यातायात, उद्योगको लापरबाही, कोरोना महामारी सलह चलचित्र क्षेत्रको घमण्डीपन, कमजोरी र नग्नता र समाजमा खुट्टा तान्ने प्रवृत्ति आदिलाई ‘हाँडीघोप्टे’मार्फत उजागर गरेका छन्।

यसअघि उनले ‘आलुपाँडे गाईजात्रा’ बजारमा ल्याइसकेका थिए भने यो उनको दोस्रो प्रस्तुति हो।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here