ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

18

बैतडी  । पाटन नगरपालिका-८ तल्लो अनारखोलीस्थित सडकमा म.१ त १०१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक दार्चुला महाकाली नगरपालिका-५ गल्फै बस्ने २१ वर्षीय करन बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here