काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा सम्पूर्ण गाँउपालिका तथा नगरपालिकामा पुग्न सफल भएको छ । यस बैंकले प्रदेश नं. १ को संखुवासभा भोटखोला गाँउपालिका ३ हटियाबजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएलगतै राष्ट्र बैंकले तोके अनुरुप सवै क्षेत्रमा शाखा पुर्याउन सफल भएको थियो । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ । वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा संचानमा ल्याएको छ ।


















