आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । सुन्दर तथा स्वस्थ जीवनशैली सबैको चाहाना हो । सुन्दर रहन महिलाहरु विभिन्न सौन्दर्य सामग्रीहरु उपयोग गर्ने गर्छन् । सौन्दर्यमा खर्च गरेर आफूले आफूलाई सुन्दर बनाउन खोज्नेको होडबाजी नै चलेको छ । साथै त्यस्ता सामाग्री केमिकल्सहरुबाट बनेको हुँदा यसले स्थायी रुपमा भने असर पु¥याइरहेको हुन्छ ।
सौन्दर्य सामग्रीमा धनराशी खर्च गर्नुभन्दा केही घरेलु उपाय अपनाउन सके प्राकृतिक रुपमै सुन्दर बन्न सकिने केही टिप्स
यदि डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक दुई लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गर्नुपर्छ ।
दैनिक केही समय आराम गर्नुपर्छ । निकै थाकेको अवस्थामा आँखा बन्द गरेर सुत्दा अनुहारमा चमक आउँछ । त्यस्तै मदिरा, चिया, कफी एवं सुर्तीजन्य वस्तुहरुको प्रयोग पनि कम गर्नुपर्छ ।
यदि सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि अनुहारको चमक हराउने सम्भावना हुन्छ। आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ।
यदि छाला सामान्यजस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ।
डन्डिफोर हटाउन एउटा कचौरामा कागतीको टुक्रालाई निचोरेर राख्ने अनि कागतीमा गुलाबजल मिसाउने र आवश्यकताअनुसार अनुहारमा लगाउँदा डन्डिफोरबाट मुक्ति पाउन सकिन्छ। यसलाई १५ दिनसम्म नियमित प्रयोग गर्नु राम्रो मानिन्छ।
डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्। कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउ“दा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ।


















