विप्लवद्वारा नेपालबन्द सहितका संघर्षका कार्यक्रम घोषणा

219

काठमाडौ, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारको प्रतिबन्ध विरुद्ध नेपाल बन्द सहितका कार्यक्रम सार्वजनिक गरेको छ । उक्त पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै वैशाख ५ गते नेपाल बन्द गर्ने तथा प्रधानमन्त्री जाने हरेक कार्यक्रममा बन्दको आयोजना गर्ने जनाएको छ ।
उक्त पार्टीले संघर्षका कार्यक्रम अन्तर्गत चैत २६ देखि २९ गतेसम्म प्रतिबन्ध विरुद्ध पर्चा वितरण तथा भण्डाभोर गर्ने जनाएको छ । त्यस्तै वैशाख २ गते कोण शभा, वैशाख ३ मा अन्तरक्रिया र वैशाख ४ गते मशाल जुलुसको कार्यक्रम राखेको छ । वैशाख ६ गतेबाट भने प्रधानमन्त्री ओली जाने हरेक कार्यक्रममा बन्दाको आयोजना गर्दै सामाजिक दलाललाई प्रतिबन्ध गर्ने उक्त पार्टीले निर्णय गरेको छ ।
यस अघी उक्त पार्टीले एसईई परीक्षा तथा नेपाल बारको निर्वाचनका बेला चैत १६ गते नेपाल बन्दको आयोजना गरेपनि विद्यार्थीको भविष्य र बारको निर्वाचनका कारण बन्द फिर्ता गर्ने निर्णय गरेको थियो ।
विप्लवको हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको पार्टी र जनताका क्रान्तिकारी कार्यक्रम विरुद्ध पागलपूर्ण राजनैतिक वकवास, फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारको निन्दा र भत्सना गरिने जनाइएको छ ।
विज्ञप्तिमा जनक्रान्ति र नपाली जनतामाथिको ओली सरकारको दमनको प्रतिरोध गर्न संघर्षका कार्यक्रम घोषणा गरिएको छ । विज्ञप्तिमार्फत विप्लवले पूर्व अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनक्रान्तिका विरुद्ध दलाल पूँजीपति वर्गको सेवामा लागेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here