नागरिकता विधेयक खारेज नभए मुलुक सिक्किम बन्छ

108

काठमाडौ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक सिक्किमीकरणतर्फ अघी बढेको बताएका छन् । सरकारले ल्याएको नागरिकता विधेय मुलुकको हितमा नरहेको भन्दै उनले यो खारेज नगरिए देश हेर्दाहेर्दै सिक्किमीकरण हुने चेतावनी दिएका छन् ।

अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई सोमबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीलाई नागरिकता दिलाएर नेपाललाई फिजीकरण र सिक्किमीकरण बनाउने खेल भइरहेको आरोप लगाए । केसीले जन्मको आधारमा नागरिकता दिने सरकारको पछिल्लो निर्णय राष्ट्रघाती कदम भएको बताए । ‘अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता किन दिनुको पछाडिको कारण के हो भन्दै प्रश्न गरेका केसीले अंगिकृतलाई राष्ट्रपती, प्रधानमन्त्री बनाउने खेल सुरु भएको आरोप लगाए ।
उनले नेकपा पनि भारत को प्रभावमा परेको भन्दै सीडीओले धमाधम नागरिकता बाँड्न थालेको र नेपालीलाई अल्पमतमा पार्ने खेल सुरु भएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here