मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना अझै !

97

 काठमाडौं / जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ । पूर्वी तराईमा हावाहुरी पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो ।

अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको महाशाखाले जनाए अनुसार उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

मौसम खुले पनि एकैछिनमा बदली हुने शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here