रोनाल्डिन्होका छोराले परिचय लुकाएर ट्रायल पास

76

ब्राजिलका पूर्व स्टार फुटबल खेलाडी रोनाल्डिन्होका १४ वर्षे छोरा जोएओ मेन्डिसले क्लब ट्रायलका क्रममा बाबुको परिचय लुकाएको खुलेको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार उनी क्रुजएइरोमा ट्रायल दिने क्रममा आफ्नो परिचय लुकाएका थिए। १४ वर्षिय फर्वार्ड जोओएले ट्रायल पास गरेर अनुबन्धित भएपछि मात्र आफ्नो बाबु को हुन भनेर खुलाएका थिए ।

‘उनले रोनाल्डिन्होसँगको नाता नखुलाईकन ट्रायल दिए’, क्लब भन्यो, ‘ऊ आफ्नै क्षमताले छनौट भएको हो। क्लबमा आएपछि मात्र उसले आफ्ना चर्चित पिताको नाम खुलायो।‘ क्लबका निर्देशक अमारिल्दो रिबेरोले रोनाल्डिन्होका छोरा राम्रो शारिरिक बनोट र उच्च प्राविधिक दक्षतालेयुक्त खेलाडी भएको जानकारी द्रिएका छन् । ‘उनी एरिया खेलाडी तथा दोश्रो स्ट्राइकरका रूपमा खेल्न सक्छन्।ठूलो कदकाँठी र गति छ, उनी राम्रो फिनिस दिने खेलाडी हुन्।’ विश्वविजेता खेलाडी रोनाल्डिन्होलाई सर्वकालिन महानतम फुटबल खेलाडीमध्ये एक मानिन्छ। उनी श्रृजनशीलता, दक्षता र ड्रिब्लिङका लागि सुपरिचित छन्। मेन्डिस क्लबमा सन् २०२५ सम्म खेल्ने भएका छन् । रोनाल्डिन्हिका छोराले सो क्लबमा छनौट भएपछि आफ्नो सपना पूरा भएको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here