महन्थ ठाकुरको अहँकारले राजपा बिघठनको संघारमा

172

 काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र अहिले पनि महन्थ ठाकुरको अहँकार र घमण्डले राजपा नेपाल बिघठनको संघारमा पुगेको चर्चा हुन थालेको छ ।

मंगलबार पार्टी मुख्यालय बबरमहलमा राजपा नेपालको अध्यक्षमण्डलको बसेको बैठकमा ठाकुरको प्रस्तुतीले सबै कार्यकर्ताहरूको मन खिन्न बनाइदिएको छ । राजपाको संयोजक र नेता आफू मात्रै हुँ भन्ने ठाकुरको अहँकारले पार्टीलाई हानी भइरहेको एक नेताले जनाए ।

राजपा नेपालको अध्यक्षमण्डलको बैठक ठाकुरकै कार्यकक्षमा बसाल्नुपर्ने बाध्यता संयोजकलाई हुने गरेको छ । बैठक कहाँ बस्ने भन्ने कुरा संयोजकले तोक्ने हो । तर, ठाकुर आफ्नो भन्दा अर्को नेताको कोठामा जान मन गर्दैनन् । त्यसपछि मंगलबार पनि ठाकुरकै कार्यकक्षमा बैठक बसेको छ । ठाकुरका कारण बैठक उनकै कोठामा बसाल्नुपर्ने बाध्यता संयोजकलाई रहेको छ । अहिले पनि राजपाको अध्यक्ष मण्डलका पाँच जनालाई ठाकुरले आफ्नो औलामा नचाएको चर्चा बबरमहलमा हुने गरेको छ ।

राजपाको संयोजक पद खुस्किएपछि तनावमा परेका ठाकुरले छ महिनासम्म राजपालाई अगाडि बढ्नै दिएनन् । अहिले पनि राजपालाई अनिर्णयको बन्दी बनाउनुमा ठाकुरकै प्रमुख हात छ भन्ने आरोप नेताहरूको छ । उनले कुनै पनि निर्णय गर्न दिँदैनन् । सधैँ असहयोग र असमहति जनाउने कार्य गरिरहन्छन् ।

ठाकुरका कारण राजपा नेपालको महाधिवेशन हुने अवस्था छैन । वैशाखमा महाधिवेशन गर्ने भनिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here