काठमाडौं / डाँफे टिभी डट कम र चीनको ग्लोबल टाईम्सका सम्पादकबीच आज सम्झौता भएको छ । नेपाल-चीनको दुईपक्षीय सम्बन्धका आधारमा आपसी हितको प्रबर्द्धन गर्दै सँगसँगै अघि बढ्ने सहमति भएको हो ।
प्रेम शान्ति मानवीय प्रगति र विश्व भातृत्वको नारा सहित पत्रकारिता क्षेत्रमा प्रवेश गरेको डाँफे टिभी डट कम आफ्नो स्थापनाको डेढ बर्ष नपुग्दै नयाँ उचाइ चुम्न सफल भएको छ। नेपाली हिन्दी र अंग्रेजी भाषामा समाचार सामग्री अनलाइनबाट पस्किदै आइरहेकोे छ।
अबदेखि ग्लोबल टाईम्ससँग समाचार सामग्री आदानप्रदान गर्नेछ भने नेपाल(चीनको दुईपक्षीय सम्बन्धका आधारमा एकअर्कालाई सम्मान र आपसीहितको प्रबर्द्धन गर्दै अघि बढ्ने भएका छन्। यसबाट नेपाल र नेपालीको पक्षमा अन्तर्राष्ट्रिय धारणाको विकास गर्न र सञ्चार माध्यमको आधारमा समर्थन जुटाउन सहज हुने भएको छ।
सहमतिमा हस्ताक्षरपछि डाँफे टिभी डट कमका सम्पादक ध्रुव गिरीले नेपाल र नेपाली तथा नेपालको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई डाँफे टिभी डट कमका माध्यमबाट चिनाउन थप सहज हुनेछ। साथै आफुलाई स्वच्छ निष्पक्ष र देशको हितका पक्षमा थप जिम्मेवार भएको तथा विश्व कै प्रतिष्ठित सञ्चार संस्थासँग हातेमालो गरेर अघि बढ्ने अवसर पाउँदा गौरव महसुस भएको जनाउनुभयो ।
ग्लोबल टाईम्स चीनको सशक्त औपचारिक सञ्चार माध्यम हो।


















