मलद्वारमा लुकाएको तीन किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
मलद्वारमा लुकाएर ल्याउँदै गरेको सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । करिब ३ किलो सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको विमानस्थल प्रहरीले जनाए ।
भन्सार र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भन्सारमा मेटल डिटेक्टरमार्फत चेकिङ गर्दा उनीहरुको शरीरभित्र मेटल देखिएको थियो । अस्पतालमा लगेर एक्सरे गराउँदा सुन भएको खुलेको हो । उनीहरूलाई दिसा गराएर प्रहरीले सुन निकालेको हो ।


















