आज बिहानै विमान दुर्घटना, कोपाइलट र प्रहरीको मृत्यु

245

सोलुखुम्बु / नयाँ वर्षको पहिलो दिन आज बिहानै समिट एयरको विमान दुर्घटनामा परेको छ ।तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा परेको हो ।

समिट एयरको जहाज दुर्घटनामा कोपाइलट र एक प्रहरीको मृत्यु भएको छ । पाइलटसहित तीनजना घाइते छन् । जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।

त्रिभुवन विमानस्थलका प्रवता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट सुदीपढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएकोहो।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर होस्टेज रश्मी लामा घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। लामाको अवस्था सामान्य छ ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here