सर्लाहीमा बस दुर्घटनामा ३ जनाको मृत्यु,३१ घाइते

223

जनकपुरधाम / सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित सडक खण्डमा आइतबार बिहान बा.३ ख १३१८ नम्बरको बस पल्टेर दुर्घटना भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका ९ का ४० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै दुहबी नगरपालिका बस्ने २३ वर्षीय अनिल उराव र मोरङको बूढीगंगा गाउँपालिका ६ बस्ने २२ वर्षीय बबली राउत रहेका छन् । लालबन्दीस्थित सिटी केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताए घाइतेमध्ये चार जनालाई विराटनगर र बाँकीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरु बस रिजर्भ गरेर जाने क्रममा दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here