‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक

423

चलचित्र ‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । यो गीतले विशेषगरि, प्रेममा परेपछि खाइने वाचा र त्यसलाई निभाउन प्रेमी प्रेमिकाले कतीसम्म त्याग गर्न सक्छन् भन्ने भन्न खोजेको छ । चलचित्रको यो गीतलाई नरेश भट्टराइले लेखेका हुन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा तारा र दीपा लामाको स्वर छ ।

जेठ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रको यो गीतमा नायक पल शाह र नायिका वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here