राष्ट्रपति विद्या भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

120

काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले सपथ ग्रहण गरेकी हुन् । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
सपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, सुरक्षा अङ्गका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

शपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरगरेका थिए । शपथ ग्रहणपछि नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सम्मान गारद अर्पण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here