टेलिकमका प्रबन्ध निर्देशकले नै नेपालमा अहिले नै फाईभजी आवश्यक छैन भनेपछि…..

208

काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल फाईभ जी नेटवर्कक अहिले आवश्यक नभएको जनाएका छन् ।

बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको बजार फाईभजीका लागि उपयुक्त नरहेको जनाएका हुन् । सन् २०२५ सम्ममा मात्रै यसका लागि उपयुक्त हुने जनाउँदै उनले केहि पक्षले विश्व फाईभजीको तयारी गरिरहेको बेला नेपाल भने बल्ल फोरजी सेवा विस्तारमा लागेको भन्ने प्रसंगमा हाल नेपाल फोरजी सेवाको लागि नै उचित भएको जनाएका हुन ।

विश्वमा चलिआएको प्रविधिसँगै नेपाल अघि बढिरहेको जनाउँदै फोरजी सेवा विस्तारमा भने १ बर्ष पछि परेको उनले जानकारी दिएका छन ।

‘विश्वका विकिसित देशहरुले नै हाल फाईभजी प्रयोग गरिसकेका छैनन, भर्खर परिक्षण गर्दैछन,’ उनले भने, ‘नेपालमा हाल फोरजी नै उपयुक्त छ फाईभजीको लागि सन २०२५ सम्ममा पनि नेपालमा फाईभजीको लक्षित जनसंख्या जम्मा १५ प्रतिशत हुनेछ ।’ नेपालमा यसको लागि नीतिगत ब्यवस्था नै नभईकेको बेलामा फाईभजीको कुरा गर्नु व्यर्थै हुने पनि उनले जानकारी दिएका छन ।

नेपाल टेलिकमले हाल नेपालभर फोरजी सेवा विस्तार गर्नका लागि टेण्डर प्रक्रिया अघि बढाइसकेको छ । टेलिकमले नेपालभर अबको १ बर्षमा प्रत्येक स्थानीय तहका बजार क्षेत्रमा फोरजी सेवा विस्तार गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here