नातिलाई होमवर्क गराउने हजुरबा बने करोडपति

126

एजेन्सी / मान्छेको भाग्य कहिले परिर्वतन हुन्छ थाहै हुँदैन अनुमान लगाउन समेत गाह्रो हुन्छ । अस्ट्रेलियामा एउटा परिवारको यसैगरी भाग्य चम्किएको छ ।

एक झट्कामा त्यसरी भाग्य चम्किएर करोडपति बनिएला भन्ने सायद त्यो परिवारले कहिल्यै कल्पना गरेको थिएन होला । क्यानडाका एक वृद्ध पुरुषले सन् २०१८ को भ्यालेन्टाइन डे का दिन एउटा लट्री चिट्ठा किनेका थिए । रोजर लारोक नामका ती पुरुषले आफुले किनेको चिट्ठा केही दिनपछि आफ्नो नातिको किताब भित्र राखिदिएका थिए । केही समयपछि उनले नातिको किताबभित्र राखेको चिट्ठाको कुरा भुलिहाले । तर धेरै समयपछि एकदिन नातिको होमवर्क गराउने क्रममा उनले किताब भित्र आफूले कुनै समय राखेको त्यो चिट्ठा फेला पारे । त्यहीँ चिट्ठाले उनको भाग्य खोलिदियो ।

जब उनले त्यो टिकट फेला पारे र लट्रीको नतिजा समेत हेरे तब उनको खुसीको सीमा रहेन । उनलाई साँच्चीकै चिट्ठा परेको थियो र उनले १० लाख क्यानेडाली डलर जितेका थिए । त्यो भनेको झण्डै साढे ८ करोड नेपाली रुपैयाँ बराबर हो । नातिले आफूलाई होमवर्क गर्नका लागि सघाउन नभनेको भए चिट्ठा परेको कुरा कहिल्यै थाहा नहुने रहेछ भनेर उनी चुक्चुकाए । अझ संयोग त के भने त्यो लट्री घोषणा भएपछि पुरस्कार लिन आउने म्याद सकिनु केही दिनअघि मात्र उनले नातिको किताबमा राखेको आफ्नो टिकट फेला पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here