अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ

206

काठमाडौं- अभिनेता आर्यन सिग्देल छोराको पिता बनेका छन् । आर्यन सिग्देल तथा उनकी धर्मपत्नी सपना भण्डारीका लागि यसै पनि विशेष हुन्छ । किनभने उनीहरू वैशाख ६ का दिन म्यारिज एनिभर्सरी सेलिब्रेट गरेका छन् ।

चार वर्षअघि उनीहरूले आजकै दिन लगनगाँठो कसेका थिए । यही विशेष दिन वैशाख ६ गते नै अभिनेता सिग्देल बुवा बनेका छन् भने सपना आमा ।

आर्यनकी धर्मपत्नी सपना भण्डारीले आजै पहिलो सन्तानका रुपमा छोरालाई जन्माएकी हुन् । वसुन्धरास्थित चिरायु अस्पतालमा सपनाले छोरा जन्माएकी हुन् ।

म्यारिज एनिभर्सरीकै दिन छोरा जन्मिएकामा नायक आर्यन सिग्देल दंग देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here