आज पनि मौसममा खराबी रहने

185

काठमाडौ, केही दिन यता निरन्तर बदलि भइरहेको मौसम आज पनि धामल धुमल नै रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज देशका पहाडी भू भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने पूर्वानुमान शाखाले जनाएको छ । पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन, चट्यान र हुरी बतास सहित हल्का वर्षाको संभावना रहेको शाखाले जनाएको छ । सोमबार राती पनि पहाडी भूभागमा मेघगर्जन, चट्यांग सहित हल्का वर्षाको संभावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here