काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने जानकारी दिएका छन् ।
नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई राजधानीमा सम्बोधन गर्दै उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने जनाए ।
उनले जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्नेमा जोड दिए ।


















