चीनबाट नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ सहयोग हुने

357

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो चीन राजकीय भ्रमणमा उनीसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायत उच्च जनप्रतिनिधि र उच्च कर्मचारी सहभागी भएको भ्रमणले नेपाल र चीनको सम्बन्ध अझ प्रगाढ बन्दैछ ।

नेपाल र चीनबीच विभिन्न सहयोग सम्बन्धि सम्झौता हुँदैछन् । चीनले नेपाललाई एक अर्ब युआन करिब १६ अर्ब ८० करोड रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्ले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविभि मन्त्री गोकुल बास्कोटाले जानकारी पनि जानकारी गराईसकेका छन ।

यस्तै राष्ट्रपतिको चीन भ्रमणका क्रममा नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यस्तै गुणस्तरसम्बन्धी विषयमा सहयोग सम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने प्रवक्ता बास्कोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here