ओखलढुंगामा बाबु, छोरा र छोरी एउटै विद्यालयमा भर्ना

259

काठमाडौं / ओखलढुंगामा एकै परिवारका ३ जना एउटै विद्यालयमा भर्ना भएका छन् । सुनकोशी गाउँपालिका–६ पारा स्थित दामती माध्यमिक विद्यालयमा एकै परिवारका बाबु, छोरा र छोरी एउटै विद्यालय भर्ना भएका थिए ।

वि.सं. २०७६ सालको नयाँ भर्ना अन्र्तगत पाराका ३० वर्षीय हरी बहादुर लुम्रे मगर, उनका छोरा ५ वर्षीय हिमाल लुम्रे मगर र छोरी १० वर्षीया ऋतु लुम्रे मगर एकैपटक विद्यालय भर्ना भएको विद्यालयका प्रध्यानध्यापक ज्ञान बहादुर थापाले जानकारी दिए । बाबु हरी बहादुर लुम्रे मगर कक्षा ८, छोरी ऋतु लुम्रे मगर कक्षा ४ तथा छोरा हिमाल लुम्रे मगर कक्षा १ मा भर्ना भएको प्रध्यानध्यापक थापाको धारणा रहेको छ ।

पहिले सोही विद्यालयमा अध्ययनरत हरी बहादुर बीचमै पढाई छाडी लामो समय विदेश तथा अन्य पेशामा आबद्ध भएका थिए । तर अहिले आएर हरी बहादुरले पढाईको महत्व बुझी पुनः विद्यालय भर्ना हुन आएकोमा विद्यालयले खुसी व्यक्त गरेको छ ।

उनलाई पुनः विद्यालय भर्ना हुन आएको भन्दै विद्यालयले फुलमाला तथा अबिर लगाएर स्वागत गरेको छ । हरीबहादुरले पढाई नभएकै कारण आफूले धेरै हण्डर तथा ठक्कर खाएको भन्दै शिक्षा मानिसका लागि अपरिहार्य रहेको जनाएका छन् । अहिले आएर शिक्षाको महत्व बुझेर विद्यालय भर्ना गरेको धारणा राखे ।

सबै सन्तान एउटै विद्यालयमा भर्ना हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले छोराछोरीसँगै अब नियमित विद्यालय जाने प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here