लागुऔषधसहित नविन खत्री तीनकुनेबाट पक्राउ

183

काठमाडौं / महानगरीय प्रहरी वृत्त बानेश्वरले लागुऔषधसहित तीनकुनेमा महानगरीय प्रहरी वृत्त बानेश्वरले लागुऔषधसहित नविन खत्रीलाई पक्राउ गरेको छ।

प्रहरीले वैशाख १२ गते राती ११ बजे रामेछाप घरभई शान्तिनगर बस्ने वर्ष २० को खत्रीलाई तीनकुने बागमति पुलबाट पक्राउ गरेको वृत्तका प्रमुख डीएसपी गोविन्द राज काफ्लेले जानकारी दिए ।

प्रहरीले खत्रीलाई शंकालागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट ६५ ट्याब्लेट, पोल्याण्ड जस्तो देखिने लागुऔषध ७ ग्राम बरामद गरेको छ । पक्राउ परेका खत्रीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here