सर्लाही / लालबन्दी नगरपालिका — १ लखन्देही खोला नजिकबाट सिन्धुली हरिहरपुर गढी गाउँपालिका — ७ बस्ने २५ वर्षीय वाङछु थिङलाई करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्दा थिङले बोकेको झोलाभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेकाले प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ ।
















