वैदेशिक रोजगार विभागद्वारा १० म्यानपावर कम्पनी खारेज, कुन–कुन परे ?

302

काठमाडौं- वैदेशिक रोजगार विभागले देशका १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ। गत फागुन १५ गतेको निर्णयअनुसार विभागले थप १० वटा म्यानपावर कम्पनी खारेज गरेको हो ।

नियमविपरीत काम गरेको तथा समयमा नविकरण नगर्ने कम्पनीहरु खारेज गरिएको विभागले जनाएको छ ।

खारेज भएका कम्पनीहरुमा इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रा.लि, ध्वनि इन्टरनेशनल प्रा.लि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट प्रा.लि, प्रिसाइ इन्टरनेशनल प्रा.लि, इनोभेटि समिर्भसेज प्रा.लि , रि क्रिइशनल इन्टरनेशनल प्रा.लि, प्रशिद्ध ओभरसिज प्रा.लि, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रा.लि. र निजम ओभरसिज प्रा.लि छन् ।

सरकारले वर्षमा १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई समेत खारेज गर्ने प्रावधान ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here