अमेरिका–तालिवानबीच वार्ता सुरु

33

काबुल /  अफगानिस्तानमा युद्धरत तालिवान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता आज बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताए । हालैका महिनाहरुमा दुबै पक्षबीच ६ चरणको वार्ता भइसकेको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिए । काबुलस्थित अमेरिकी राजदूतावासले उक्त वार्ताका बारेमा कुनै टिप्पणी गरेको छैन । तर अमेरिकी विदेश मन्त्रालयले यसअघि नै अफगानिस्तानका लागि विशेषदूत जाल्मे खलिलजाद यसै महिना तालिबानसँग भेटघाट गर्न जाने बताइसकेको छ । अफगानिस्तानका लागि पूर्व अमेरिकी राजदूत समेत रहिसकेका खलिलजादले अफगान शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन पहल गरिरहेका छन् । आइतबार वासिङ्टन डिसीमा कुरा गर्दै खलिलजादले अफगान युद्धमा वार्षिक ४५ अर्ब अमेरिकी डलर खर्च भइरहेको जानकारी दिए । अमेरिकी करदाताको यत्रो रकम सैनिक प्रयोजनमा खर्च गरिरहनु ठीक होइन, उनले भने । सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा २ हजार ४ सय अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसकेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here