आज १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

490

काठमाडौं – मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस, आज १ सय ३० अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्न लागेका छन् ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरीका श्रमजीविलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने पनि जनाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here