राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

251

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएकी छन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका छन् ।

स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक दिनअगावै स्वदेश फिर्ता भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिए। राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति बिहीबार स्वदेश फर्कने कार्यक्रम तय भएको थियो।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएकी थिइन् । उनले उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् । यसैगरी उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरिन् । सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भयो भने उनीहरुको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर भयो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here