प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता प्रदर्शन गर्दै पत्रकारहरु

214

काठमाडौं /  नेपाल पत्रकार महासङ्घले २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली’ को आयोजना गरेको छ ।

बबरमहलबाट शुरू भएको ¥याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सोही अवसरममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनःसंरचना गर्दै पत्रकारहरुको न्यनूतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरूङ लागतयले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्नुभएको थियो ।

Image may contain: 11 people, people smiling, people standing, shoes and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here