सावित्राको इन्डियन वुमन्स लिगमा उत्कृष्ट प्रदर्शन

71

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार प्रर्दशन गरेकी छिन् । भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६—४ ले पराजित गरेको छ । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् ।

पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । उनले १६ औं मिनेटमा सेथुको अग्रता दोब्बर पारिन् । २२ औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको ३४ औं मिनेटमा सावित्राले मिडफिल्डबाट ग्रेस दाङमेईको लामो पासलाई उत्कृष्ट नियन्त्रणमा लिएर पोस्टको दिशा दिँदै ह्याट्रिक पुरा गरिन् । ४१ औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन् । पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले चौथो गोल गरेकी हुन् । उनले रतनबाला देवीको क्रसलाई सहजै गोलमा परिणत गरिन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा मणिपुरका लागि आशारानी देवीले गोल गर्दै खेल ४—३ को स्थितिमा ल्याइन् । तर त्यसको दुई मिनेट नबित्दै ग्रेसले सहज गोल गर्दै २ गोलको अग्रता क्याम राखिन् । ७५ औं मिनेटमा सावित्राको पासमा दाङमेई ग्रेसले खालि पोस्टमा गोल गर्दै ६—३ ले अगाडी बढाइन् । दोस्रो हाफको इन्ज्युरी समयमा मणिपुरले अर्को गोल थपेपनि उक्त गोल सान्तवनामा सिमित भयो । यस जितसँगै सेथु लिगमा विजयी सुरुवात गरेको छ । यसै समूहको अघिल्लो खेलमा कोल्हापुरले बरोडालाई ४—३ ले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here