काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’
बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार विमानस्थलमा भएको उक्त आक्रमणमा परी अहिलेसम्म ९० जनाको मृत्यु भएको छ । जसमध्ये १३ जना अमेरिकी सैनिक छन् । यो आक्रमणको तालिबानले भत्र्सना गरेको छ । तालिबानले यो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा भएको बताएको छ ।
तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै आगाम महिना तय गरिएको अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय क्रिकेट अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ । तालिबानले पुरुष क्रिकेट टोलीमा कुनै किसिमको हस्तक्षेप नगर्ने बताएको छ । तर, महिला खेलकूद के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।
एजेन्सीहरुको सहयोगमा


















