शेयर कारोबार १.८७ अंकले बढ्यो

199

काठमाडौं / पुँजी बजारमा आज मंगलबार झिनो अंकले बढेको छ । सोमबार २१ अंकले बढेको बजार आज १.८७ अंकले मात्रै बढेको छ । सोमबारको तुलनामा कारोबार रकममा भने सुधार भएको देखिन्छ । हिजो सोमबार ६३ करोडको कारोबार हुँदा आज ७२ करोड ८८ लाख २८ हजार ७४५ रुपैयाँको कारोबार भएको थियो । कूल १७६ वटा कम्पनीको २५ लाख २० हजार ७९० कित्ता शेयर कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेभिप परिसूचक समेत ०.२७ अंकले बढेको छ ।

सामान्य अंकले बढेको बजारमा होटल १०१।०७ अंक, डेभलपमेन्ट बैंक २.०२ अंक, जलविद्युत १.३७ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ५.२३ अंक, उत्पादन १५.८१ अंक, अन्य ९.४७ अंक, माइक्रोफाइनान्स ४.१२ अंक र लाइफ इन्स्योरेनस १.०८ अंकले बढेको छन् । यता, बैकिङ २.५६ र फाइनान्स १.९३ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here