कांग्रेसको जागरण अभियान सुरु

198

 काठमाडौं / नेपाली काँग्रेसको आज(बुधबार)देखि देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’ सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर तीन चरणमा वर्षभरि अभियान चलाउने जनाएको छ ।

अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन गरिएको छ । आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुने काँग्रेसले जनाएको छ । आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गते समापन हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ ।

दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसचूी सार्वजनिक गरेको छ । पहिलो चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ ।

पार्टीका शीर्ष नेताले सात वटै प्रदेशबाट अभियानको आरम्भ गर्ने काँग्रेसले जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रदेश नम्बर ३ , वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश , विजय गच्छदार प्रदेश नम्बर १ , महामन्त्री शशांक कोइराला प्रदेश नम्बर ५, पूर्णबहादुर खड्का गण्डकी प्रदेश र कोषाध्यक्ष सीतादेवी यादवलाई कर्णाली प्रदेशमा गरेर सातै प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here