अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न सकिदैन : शिक्षा मन्त्री

80

 काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न नसकिने जनाएका छन् ।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिक सत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना रहेको जनाए ।

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन परीक्षा लिएको जनाउँदै उनले अव पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने जनाए ।

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुर्तीण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यवहारिक नहुने भन्दै उनीहरुलाई आर्थिक सहायतासहित विदाई गर्न सरकारले तयारी गरेको जनाए ।

बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । समितिकी सदस्य रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरुको पीडालाई सम्बोधन गरेर अघि बढन सरकारको ध्यानाकर्षण गराइन् । उनले कतिपय अस्थायी शिक्षकहरु अपांगसमेत भएकाले उनीहरुको जिविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने माग राखिन् ।

बैठकमा समिति अन्र्तगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाउँदै शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ । साथै, सार्वजनिक विद्यालयको पठनपाठन व्यवस्थित बनाउन सरकारलाई सचेत गराइएको उपसमितिका संयोजक उमेश श्रेष्ठले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here